ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



त्रिवेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा


बाजुरा– त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ त्रिवेणी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको ऐतिहासिक घोषणा गरेको हो ।
यस आर्थिक बर्षमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने पालिका माध्ये बाजुराका ९ स्थानिय तहमा त्रिवेणी नगरपालिका पहिलो पालिका रहको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन । नगरपालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक वर्ष चैत महिना नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाए नपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा वैशाख महिनामा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडा स्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिने ब्यवस्था रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको त्रिबेणी नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार “राष्ट्रिय खोप तालिका अनुसार नगरका सबै वडाहरुमा खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको जनाएको छ ।“
यस उपलब्धिले त्रिवेणी नगरपालिकाले जनस्वास्थ्य, खोप कार्यक्रम तथा संस्थागत समन्वयमा गरेको प्रयासको मूर्त प्रमाण दिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमका सहभागीहरूले दिगो खोप सेवा प्रवाहका लागि आगामी दिनहरूमा अझ सशक्त भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
घोषणा कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर थापाको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा उप–प्रमुख कमला जोशी न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चिरनजिवी शाह, जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्द लगायतको उपस्थिती रहेको थियो ।

 

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.