ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरा–अछाम सुरक्षा समन्वय बैठकः साझा सवालमा समन्वय र सहकार्यको सहमति


बाजुरा / बाजुरा र अछाम अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ । जिल्ला सुरक्षा समिति बाजुराको आयोजनामा अन्तर जिल्ला समन्वय बैठक बसेको हो ।

बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले दुई जिल्लाका पदाधिकारीहरुबीच सुरक्षाका साझा सवालमा एक अकौमा समन्वय र सहकार्यमा अगाडि बढ्ने सहमति भएको बताए । उनले ट्राफिक व्यवस्थापन, वन्यजन्तुको अवैध ओसारप्रसार तथा लागूऔषध नियन्त्रणमा आवश्यक सूचना आदानप्रदान गरी प्रभावकारी नियन्त्रण र न्यूनीकरणमा लाग्ने प्रतिवद्धता व्यक्त भएको बताए ।

त्यस्तै उक्त बैठकले शान्ति सुरक्षाका विषयमा एक अर्काका असल अभ्यास अनुसरण गर्दै आगामी निर्वाचनमा दुई जिल्लाका निकायविच सूचना आदानप्रदानमार्फत निर्वाचन सुरक्षालाई अझ सुदृढ गर्ने सहमति पनि भएको छ ।

बाजुराका सिडिओ तथा जिल्ला सुरक्षा समिति अध्यक्ष डोरेन्द्र निरौलाको अध्यक्षतामा सञ्चालन भएको बैठकमा अछामका सिडिओ तथा सुरक्षा समिति अध्यक्ष यज्ञ बहादुर बुढा लगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.