ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



लैङ्गिक समानता र सुरक्षित सिकाइ वातावरण सम्बन्धी अन्तरक्रिया


बाजुरा / शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) जिल्ला समिति बाजुराले लैङ्गिक समानता र सुरक्षित सिकाइ वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमवार सदरमुकाम मार्तडीमा अवस्थित सुदूरपश्चिम विश्वविद्यालय बाजुरा क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

“प्रविधिको सहि प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत एनसिई बाजुराको आयोजना तथा पीसविनको सहयोग तथा सहकार्यमा सो कार्यक्रम गरिएको हो । एनसिई नेपाल जिल्ला समिति बाजुराका अध्यक्ष मदनराज जैशीले क्याम्पसका विद्यार्थीहरुको सामाजिक कार्यमा संलग्नता र लैङ्गिक समानतामा पहुँच वृद्धि हुने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको बताए । उनले यसबाट क्याम्पस तहका विद्यार्थीहरु पीसविनका गतिविधिमा जोडिने तथा क्याम्पसमा लैङ्गिक समानता र सुरक्षित सिकाइ वातावरण सिर्जनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

एनसिई नेपालले विगत लामो समयदेखि सरोकारवालाहरुको क्षमता अभिवृद्धि, स्रोत परिचालन, लैङ्गिक समानत, शिक्षा स्रोत र सूचना प्रसार मार्फत गरिब, सीमान्तकृत बालबालिका, युवा र वयस्कहरुको जीवनको सशक्तीकरण र सुधारलाई सहज बनाउन निगरानीकर्ताका रुपमा विविध काम गर्दै आएको छ ।

त्यस्तै कार्यक्रममा पीसविन परियोजना संयोजक कृष्ण बोहराले पीसविनको जाकारीसँगै प्रविधिका माध्यमबाट हुने लैङ्गिक हिंसाका बारेमा प्रस्तुतीकरण गरेका थिए । उनले पछिल्लो समय प्रविधिका माध्यमबाट हुने साइबर ट्रोलिङग, साइबर स्टकिङ्ग, डिजिटल यौन दुर्व्यवहार जस्ता हिंसा बढिरहेको भन्दै युवा पुस्ता सजग र सचेत हुनु पर्नेमा जोड दिए । सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोग, अनलाइनमा समानता, सम्मान र मर्यादित व्यवहारलाई प्रवद्र्धन गर्ने, हिंसा विरुद्ध आवाज उठाउने, उजुरी दिने जस्ता कार्य युवाहरुले गर्न सके लैङ्गिक डिजिटल हिंसा अन्त्य गर्न सकिने बोहराले बताए ।

एनसिई नेपाल जिल्ला समिति बाजुराका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा पीसविन परियोजना संयोजक कृष्ण बोहरा सहित अन्य प्रतिनिधि, क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.