ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुदूरपश्चिममा प्रदेश गौरवका योजनामा एक हजार बजेट


धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले पूर्वाधार निर्माणका योजनामा बजेट विनियोजन गर्न लापर्बाही गरेको पाइएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रदेश गौरवका योजनामा एक हजार रुपैयाँ बजेट विनियोजन गरेको हो।

सुदूरपश्चिम प्रदेशमा २५ लाख भन्दा कमका कार्यक्रम तयार नगर्ने पाँच बुँदे सहमति भएपनि एक/एक हजारका ८५ बढी योजनाहरू छनौट भएका छन्। प्रदेश सरकारले आन्तरिक स्रोतबाट प्रदेश गौरवका सडक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारले वार्षिक कार्यक्रम पुस्तिकामा कालोपत्रे सडक, कल्भर्ट, सिँचाइलगायतका योजनामा एक हजारदेखि ६ हजार रुपैयाँसम्म बजेट विनियोजन गरिएको उल्लेख गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका कार्यालयहरूमा एक हजारदेखि ६ हजार रुपैयाँसम्म बजेट विनियोजन गरिएका छन्। यस्ता पूर्वाधार निर्माणका योजनाको सङ्ख्या एक सय १३ छ । प्रदेश गौरवका सडक आयोजनामा समेत हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो।

प्रदेश गौरवको भजनी–छोटीभन्सार–खिमडी–ठूलीगाड सडक योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको छ। ६० किलोमिटर सडकको साढे तीन किलोमिटर मात्र कालोपत्रे सकिएको छ। थप सडक निर्माणको ठेक्का लागेको छैन। कञ्चनपुरमा प्रदेश गौरवको दोमिल्ला–नाईल सडकको कलुवापुर–चितौरा खण्डका लागि एक हजार रुपैयाँ विनियोजन गरिएको छ।

कैलालीको बर्दगोरिया गाउँपालिका–६, स्थित रानीवन–धैलानालामा डिपिआरसहित पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिकाको सुतैयादेखि तिघरी जोड्ने नालामा पुल निर्माण तथा बैतडीको डिलासैनी गाउँपालिका–६, मा सिँचाइ लिफ्टिङ ट्यांकी निर्माणको योजनामा एक÷एक हजार रुपैयाँ विनियोजन गरिएको छ।

डडेल्धुराको मटेला सिँचाइ योजना, अछामको मिर्केगडा सिँचाइ योजनामा एक/एक हजार बजेट छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीन÷तीन हजार विनियोजन गरिएको छ। प्रदेश सरकारले अर्धवार्षिक समीक्षाका क्रममा रकमान्तर गरेर बजेट बढाउने बताएको छ। स्रोतको व्यवस्थापन नहुँदै सिस्टममा इन्ट्री गरेका योजना पछि हटाउन नपाउँदा हजारका योजना बजेटमा परेको भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताएका छन्।

सुदूरपश्चिमको भौतिक पूर्वाधार मन्त्रालयको बजेट १५ अर्ब ४० करोड ३० लाख १७ हजार छ। सुदूरपश्चिम सरकारको आगामी आर्थिक वर्षको कुल बजेट ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार छ।

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.