बाजुरा, नेकपा (एमाले) बाट सुदूरपश्चिम क्षेत्रबाट ईश्वर पोख्रेल अध्यक्ष लड्ने समूहबाट स्थायी समिति सदस्य कर्णबहादुर थापा उपमहासचिव र केन्द्रीय सदस्य झपटबहादुर रावल सचिव पदका उम्मेदवार बन्ने चर्चा चलेको छ ।
उपमहासचिव लड्ने थापा आठौ, नवौ र दशौबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुँदै आएका छन् । भने उनी १० औं महाधिवेशनपछि स्थायी समिति सदस्य भएका हुन ।
थापा २०७० को संविधान सभाको चुनावमा बाजुराबाट निर्वाचित भएर उद्योगमन्त्री भइसकेका छन् ।
सचिवको दावेदारी गरिरहेका रावल अनेरास्ववियू, युवासंघहुँदै नवौ र दशौं महाधिवेशनमा एमालेको केन्द्रीय कमिटी सदस्य भएका थिए ।
उनी ०७४ को चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पनि विजयी भएका थिए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com