ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, लामो दूरीका यातायात ठप्प


धनगढी: सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन्।

गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन्।

यातायात व्यवसायीहरूले जेठ १९ गते अर्थात् सोमवारदेखि सार्वजनिक यातायात पूर्ण रूपमा ठप्प पार्ने घोषणा समेत गरेका छन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारी साधनले यात्रु ओसारपसार गर्न पाउने गरी ऐन ल्याएपछि त्यसको विरोधमा देशभरका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरूले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए। उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरूले विरोध गरेको बताउनुहुँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो ? भन्ने प्रश्न गरेका छन्।

गण्डकी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग यातायात व्यवसायीहरूको छ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पार्ने यातायात व्यवसायीहरूले घोषणा गरेका छन्। राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धराशायी बनाउन खोजेको आरोप उनीहरूको छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.