बाजुरा- पर्यटकीय तथा धार्मिक आस्थाको रुपमा रहेको बडीमालिकाको दर्शनका लागि गएका भक्तजनहरुको इश्वरी बक्स गुल्म बाजुराले संचालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६ सय बढी भक्तजनले सेवा लिएका छन् ।
जनैपूर्णिमाको अघिल्लो दिन अर्थात साउन २३ गते चतुर्दशीका दिन लाग्ने पुजाको दर्शनका गएका भक्तजनहरु विरामी भएर सिकिस्त भएका र सामान्य रुपमा रुखघाखोकी, लेक लागेकाहरुको सेनाले उपचार गरेको इश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताएका छन् ।
बडीमालिकाको दर्शनका लागि आएका भक्तजनहरुलाई निःशुल्क रुपमा उपचार सेवा प्रदान गर्ने गरी बडीमालिका मन्दिर,त्रिवेणी पाटन र बडीमालिका जाने बीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर संचालन गरेको जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार तीर्थयात्रामा गएका तीन जना विरामीलाई उपचारका साथै उद्धार गरी घर फर्काएको बताए ।
ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा विशेषज्ञ चिकित्सक सहितको शिविर संचालन गरिएको हो ।
बडीमालिकाको दर्शनका लागि गएका तीन जनालाई अक्सिजन अभावका कारण लेक लागेर सिकिस्त भएका विरामीको उपचारपछि घर पठाएको गुल्मका गुल्मपति तिमिल्सेनाको भनाई रहेको छ ।
जात्राका लागि भक्तजनहरु एक हप्ता अगाडीबाट नै बडीमालिकाको यात्रामा हिड्न थालेका हुन् ।
सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजार बढी भक्तजनहरुले दर्शन गरेको गुल्मपति तिमिल्सेना बताउँछन् ।
समुन्द्री सतबाट उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता विरामीहरुको आकस्मिक उपचारका लागि नेपाली सेनाको इश्वरी बक्स गुल्म बाजुराले स्वास्थ्य शिबिर संचालन गरि उपचार गरिएको गुल्मका गुल्मपती तिमिल्सेनाले बताएका छन ।
अक्सिजन सहितको स्वास्थ्य शिविर संगै नेपाली सेनाको हेलिकप्टर समेत तयारी अवस्थामा राखिएको सेनानी तिमिल्सेनाले भने ।
नेपाली सेनाले बाटोमा हिड्ने पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी खानेपानीको व्यवस्थापन, अस्थायी शौचालय व्यवस्थापन गरेको छ ।
यस्तै तीर्थालु भक्तजनहरुका लागि त्रिवेणी पाटन र बडीमालिका मन्दिर परिसरमा अस्थायी बासका लागि टेन्टको समेत व्यवस्थापन गरेको छ ।
बडीमालिका मेला अवधीभर शान्ति सुरक्षा,भीड व्यवस्थापन ,मेला सम्पन्न पश्चात बडीमालिका सफाई अभियान संचालन गर्ने कार्यक्रम रहेको गुल्मपति तिमिल्सेनाको बताए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com