ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



नेपाली सेनाद्धारा बडीमालिका मन्दिर परिसर सरसफाई


बाजुरा– नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्धारा बडीमालिकामा लाग्ने मेलाको अवसरमा मार्तडी स्थित बडीमालिका मन्दिर परिसरको सरसफाई गरेको छ । सोमबार बिहान सहायक सेनानीको नेतृत्वमा मन्दिर परिसर सरसफाई गरिएको ईस्वरीबक्स गुल्मका गुल्मपती कृष्ण तिमिल्सेनाले बताएका छन ।

दिनानुदिन सदरमुकाम मार्तडी हुदै बडीमालिकाको यात्रामा जाने तिर्थालु भक्तजनहरुले पहिलो पुजा सो मन्दिरमा गर्ने भएकोले फोहरलाई बिस्थापित गर्ने उदेस्यका साथ सो मन्दिरको सरसफाई गरिएको ईश्वरीबक्स गुल्म बाजुराले जनाएको छ ।

ईश्वरीबक्स गुल्म बाजुराको आयोजनामा बडीमालिकामा लाग्ने मेलाको अवसरमा बिशशेज्ञ सहितको स्वास्थ्य शिबिर संचालन गरिने जनाएको छ । हरेक बर्ष जनैपुर्णिमा अघिल्लो दिन अर्थात साउन शुक्ल चतुदर्शीको दिन लाग्ने मेला यस बर्ष साउन २३ गते रहेको छ । जात्राका लागि भक्तजनहरु एक हप्तादेखी हिड्न थालिसकेका छन ।

उच्च स्थानमा रहेको बडिमालिका क्षेत्रमा लेक लाग्ने अक्सिजनको मात्र कम हुने भएकोले यस्ता बिरामीहरुको आकस्मीक उपचारका लागि नेपाली सेनाको ईस्वरीबक्स गुल्म बाजुराले स्वास्थ्य शिबिर संचालन गर्ने ईस्वरीबक्स गुल्मका गुल्मपती तिमिल्सेनाले बताएका छन । अक्सिजन सहितको स्वास्थ्य शिबिर संगै नेपाली सेनाको हेलीक्पटर समेत स्टयानवाई राखीने सेनानी तिमिल्सेनाले बताएका छन ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.