बाजुरा / बडीमालिका नगरपालिकाको आयोजनामा र नेपाल नेत्रज्वती संघ गेटा आँखा अस्पताल, कैलालीको प्राविधिक सहयोगमा सदरमुकाम मार्तडीमा २ दिने आँखा शिबिर संचालन गरिएको छ । जिल्ला अस्पताल बाजुरामा संचालन भएको शिबिर आजदेखि सुरू भएको हो । शिबिरमा मोतिबिन्दु लगायतका समस्या पहिचान शल्यक्रिया (अप्रेसन) गरिने आयोजनकले जनाएको छ ।
उद्धघाटन कायर्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले शिविरमा सहयोग गर्ने गेटा आखा अस्पतालको टिमलाई धन्यबाद दिनुका साथै आगामी दिनहरुमा सहयोग र सहकार्यको समेत अपेक्षा ब्यक्त गरेका थिए । नगरप्रमुख खड्काले नगरबासीको स्वास्थ्य जीवन गुणस्तरीय सेवा प्रदान गर्ने पहिलो प्राथमिकता रहेकाे बताएका छन । बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गेटा आँखा अस्पतालका डाक्टर लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com