ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



कृषि उपजलाई बजारीकरण गर्न कृषि एम्बुलेन्स खरिद गर्दै जगन्नाथ गाउँपालिका


बाजुरा / जगन्नाथ गाउँपालिकाले किसानले फलाएको कृषि उपजलाई सहज रुपमा बजारीकरण गर्नका लागि कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडी बढाउँने भएको छ । 

कार्यपालिकाको ७२ औं बैठकले गाउँपालिका र कृषि निर्देशनालय दिपायल डोटी बिच मिति २०८२ जेठ ९ गते कृषि एम्बुलेन्स ५० प्रतिशत अनुदान खरिदका लागि भएको सम्झौता छिटै कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

उत्पादित कृषि जन्य बस्तु ढुवानी तथा बजारीकरणका लागि उक्त कृषि एम्बुलेन्स खरिदका लागि छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले बताएका छन् । 

त्यस्तै कार्यापालिकाको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट तयारीका लागि प्रत्येक टोलबस्ती स्तरबाट योजनासंगै सुझाव सङ्कलन कार्य यहीँ जेठ १५ गतेदेखि सबै वडामा टोलस्तरीय भेलाको आयोजना गर्ने निर्णय गरेको छ ।

भेलाबाट संकलित योजना, सुझाव सल्लाहलाई सम्बोधन गरी मिति २०८२ असार २ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको जगन्नाथ गाउँपालिका-१ का वडाध्यक्ष गणेशराज गिरीले जानकारी दिएका छन् ।  

गाउँपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक विद्यालयको आवश्यकताका आधारमा स्थायी, राहत, करार, संघीय अनुदान, पालिका शिक्षकहरुको दरबन्दी मिलानका लागि तीन सदस्यीय सुझाव समिति समेत गठन गरिएको उनले बताए ।  



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.