ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



खप्तड छेडेदहलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरियो


बाजुरा /  बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई आइतबार पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिकामा रहेका ७ वटै वडाका जन्मेदेखि ५९ महिनाका बालबालिकाहरुले सबै खालका खोप पाएको सर्भेक्षणपछि पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो ।
खोपको सर्वेक्षण अनुसार बालबालिकाहरु कोही पनि खोपबाट बञ्चित नभएकाले दिगोपना घोषणा गरिएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका ७ वडामा अनुगमन गर्दा जन्मेदेखि १५ महिनाका तीन सय २३ बालबालिका र १६ महिनादेखि ५९ महिनाका एक हजार एक सय १७ बालबालिकाहरु नियमित रुपमा खोप पाइरहेकाले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाका प्रमुख दलबहादुर रावतले बताए । उहाँका अनुसार पालिकामा बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार लगाउनुपर्ने पुरा खोप पाइरहेकाले बच्चाहरु कोही पनि खोपबाट बञ्चित भएका छैन् ।

पालिका पूर्ण खोप सुनिश्चितता दिगोपना अध्यक्ष तथा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा ७ वटै वडाका वडा अध्यक्ष,निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावत,कार्यपालिकाका सदस्य,स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर खडक गिरी लगायत अतिथी रहेका थिए । पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा गाउँपालिकामा रहेका स्वास्थ्य चौकीका कर्मचारी लगायत सहभागी थिए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.