ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



खप्तड छेडेदह-२ लाई बालविवाह शून्य वडा घाेषणा


बाजुरा /  खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ जयवागेश्वरीलाई बालविवाह शून्य वडा घाेषणा गरिएको छ । साेमवार वडा कार्यालयकाे आयाेजना,महिला विकास मञ्च बाजुराको आर्थिक सहयोग तथा वडा स्तरीय बाल सञ्जालको सहकार्यमा एक अौपचारिक कार्यक्रमका विच बालविवाह शून्य वडा घाेषणा गरिएको हो । बालक्लव, जनप्रतिनिधि तथा विभिन्न संघ संस्था लगायतकाे सक्रियतामा गाउँपालिकाका ७ वटा वडाहरुमध्ये साविककाे जयवागेश्वरी गाविस पहिलो नम्बरमा बालविवाह शून्य वडा घाेषित भएको हो ।

विगत २ बर्षकाे अवधिमा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरुको प्रतिबद्धतापछि यस वडालाई बालविवाह शून्य वडा घोषणा गरिएको वडा अध्यक्ष भक्त बहादुर बुढाले जानकारी दिए । उनलेे बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले बालक्लव र महिला विकास मञ्चकाे महत्त्वपूर्ण याेगदानमा अहिले बालविवाह शून्य वडा घाेषणा गर्ने अवस्थासम्म आइपुगेको बताए । त्यस्तै अध्यक्ष बुढाले समुदायकाे सहयोग विना यो सम्भव नभएको भन्दै सबैकाे ऐक्यबद्धता र सक्रियतामा बालविवाह शून्य वडा घाेषणा गरेको र यसकाे लागू गर्नका लागि आगामी दिनमा सबैले लाग्नु पर्नेमा जाेड दिए ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जाेशीले विगतमा कु-प्रथाका रुपमा रहेको बालविवाह अहिले विस्तारै कम भइरहेको भन्दै वडा हुदैँ पालिकालाई बालविवाह शून्य घाेषणा अभियानमा सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बिशुदेवि नाथले विभिन्न गतिविधि र सबैको सक्रियता र ऐक्यबद्धतापछि वडालाई बालविवाह शून्य घाेषणा गरिएकोले आगामी दिनमा यसको कार्यान्वयन र निरन्तरता दिन आवश्यक रहेको बताएकी छन् ।
 

त्यसैगरी गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले वडा नम्बर २ लाई पालिकामै पहिलो नम्बरमा बालविवाह शून्य घाेषणा गरेको र यसका लागि सबैलाई धन्यवाद दिए । उनलेे भने,“ बालविवाह न्यूनीकरण गर्दै शून्य घाेषणा गर्नुपर्छ भन्ने हाम्रो दृढ संकल्प थियो,त्यो संकल्पकाे प्रारम्भ भएको छ, अहिले २ नम्बर पहिलो बालविवाह शून्य वडा घाेषणा भएको छ, अब हामीले वडालाई सम्मान र पुरस्कृत गर्छाैं ।´´ त्यस्तै अध्यक्ष रावतले बालविवाह शून्य घाेषणा मात्रै नभइ आगामी दिनमा यसको निरन्तरताको लागि समुदाय, बालक्लव, जनप्रतिनिधि सहित सराेकारवाला निकायले पनि एक जुट भएर लाग्नुपर्ने बताए ।

बालविवाह शून्य वडा घाेषणा कार्यक्रममा विभिन्न सचेतामूलक नाटकसहित नृत्य प्रदर्शन समेत गरिएको थियोे । भने उक्त अभियानमा साथ सहयोग र महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने समुदाय, बालक्लव, महिला विकास मञ्चलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । वडा नम्बर २ का अध्यक्ष भक्त बहादुर बुढाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत थिए । त्यस्तै विशिष्ट अतिथि उपाध्यक्ष बिशुदेवि नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जाेशी, वडा नम्बर ३ का अध्यक्ष बिर्क बहादुर रावत, कार्यपालिका सदस्य, पालिका स्तरीय बाल सञ्जाल अध्यक्ष सनम सुनार, वडा सदस्य, महिला विकास मञ्च बाजुराका देव सेराला, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक विद्यार्थी अभिभावक लगायत सहभागी थिए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.