बाजुरा / गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्य धन बहादुर बाेहराको शव फेला परेको छ। आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थिए।
उनको शव सोही वडाको तीन नम्बर वडाकै खाेलामा फेला परेको प्रहरीले जनाएकाे छ। दिउँसो करिब २ बजेर ४५ मिनेटतिर उनलाई खोलाले बगाएको थियो। घट्टको पाथर तार्ने क्रममा रौदिखोला उर्लेर आएपछि उनी बगेका थिए।
आइतबार दिउसो खोलाले बगाएर बेपत्ता पारेको स्थानीयले खबर गरेपछि प्रहरी र स्थानीयहरुले खोजी गर्दा नभेटिएको राति भएकाले समस्या हुँदा आज विहान ७ बजेर ३० मिनेटमा खोजी गर्दा आगरमा भेटिएको बताए ।
घटनाको थप विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक बहादुर बोहराको नेतृत्वको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com