बाजुरा / बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख लोक बहादुर बिष्ट, चालक कर्ण महत र बडीमालिका ७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृतकाे उमेर भने नखुलेकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी घाईते हुनेमा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा रहेका छन । घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ । सो घटनाको थप अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com