ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



जडाङ्गाको बेलिब्रिज दानसागु खोलामा सार्न टेन्डर आह्वान


बाजुरा– सडक डिभिजन कार्यालय साँफेबगर अछामले बाजुराको दानसागु खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर आह्वान गरेको छ । सडक डिभिजन कायालय अछामका अनुसार साफे मार्तडी सडक खण्ड अन्र्तगत हाल जडाङ्गा स्थित बुढिगंगा नदीमा रहेको बेलिब्रिजलाई सारेर दानसागु खोलामा जडान गर्ने योजना अनुसार टेन्डर खोलिएको जनाएको छ । सो कार्यका लागि करिब अढाई करोड रुपैयाँ लागत अनुमान गरिएको सडक डिभिजन कार्यालय साफेका प्रमुख नेत्र देवकोटाले बताए ।
टेन्डर यहि साउन २९ गते प्रकाशित गरिएको हो र ३० दिनसम्मका लागि टेन्डर खुला रहने जनाएको छ । सम्बन्धित निर्माण कम्पनी वा ठेकेदारले तोकिएको समयसीमा भित्र प्रस्ताव पेश गर्नु पर्ने छ ।
स्थानीयवासीले लामो समय देखि दानसागु खोलामा सुरक्षित आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै माग गर्दै आएका थिए । बेलिब्रिज स्थापना भएपछि स्थानीय यातायात सहज हुने र आर्थिक–सामाजिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयले समयमै प्रक्रिया पूरा भई यस आर्थिक वर्षमै दानसागु खोलामा बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने गरी काम थालिएको बताएको छ ।
No description available.



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.