ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



गौमुलमा खोलाले बगाएर एक जना बेपत्ता


बाजुरा– गौमुल गाउँपालिकामा एक जनालाई खोलाले बगाउदा बेपत्ता भएका छन । बेपत्ता हुनेमा सोही गाउँपालिका वडा नं ३ का निवर्तमान वडा सदस्य अन्दाजी बर्ष ४५ का धन बहादुर बाेहरा रहेका छन । दिउसो २ बजेर ४५ मिनेटतिर खोलाले बगाएको खवर पाएको सोही वडा वडाअध्यक्ष गोरख बोहराले बताएका छन ।

धन बहादुर लगायत स्थानीयहरु घट्टको पाथर तार्ने क्रममा खोला पारी गएको बेला एकाएक रौधीखोला उर्लेर आएको थाहा नभएपछि उनलाई बगाएको स्थानियले बताएका छन । उनि संगै अर्का एक जना भने सकुशल रहेको वडा अध्यक्ष बोहराले बताएका छन । स‌गै बगेका मध्य एक जना घाइते भएका छन । घाइते हुनेमा साेही गाउँका अन्दाजी ४०/४५ बर्षका दिल बहादुर बाेहरा रहेका छन । उनकाे माझपाली आधारभुत स्वास्ठ केन्द्रमा उपचार भइरहेकाे स्थानियले बताएका छन ।

स्थानीय स्रोतहरूका अनुसार, हालसम्म उनको अवस्था अज्ञात रहेको छ । स्थानीय र सुरक्षाकर्मीहरूद्धारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनक बोहराले बताएका छन । स्थानीय निकाय र सुरक्षाकर्मीहरूले घटनास्थलमा खोजी कार्य जारी राखेको सुचना अधिकारी बोहराले बताए ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.