ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



गौमुलमा बाघको आक्रमणबाट १७ भेडा-बाख्रा मरे, ५ घाइते


बाजुरा / गौमुल गाउँपालिकामा बाघको आक्रमणबाट १७ भेडा बाख्रा मरेका छन् । गाउँपालिकाको-३ नम्बर वडा दल्लेरीका स्थानीय मदन बोहराका ५६ मध्ये बाघले ११ वटा भेडा, ६ वटा बाख्रा मारेका हुन् ।

आईतबार राती गाउँ नजिकैको दल्लेरी गोठ छानामा रहेका भेडा, बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय भरत बोहराले जानकारी दिएका छन् । कोही मारेका, कोही खाएर छोडेका र ५ वटा घाइते अवस्थामा फेला पारेको उनले बताए । 

गोठको छानामा बाधेर राखेका भेडा, बाख्राहरुलाई आक्रमण गर्दा करिब २ लाख ८० हजार बढीको नोक्सान भएको छ । आयस्रोतको रुपमा रहेका भेडा बाघले मारेपछि समस्या भएको पीडित मदन बोहराले बताएका छन् । 

बाघको आतंकबाट स्थानीयका भेडा, बाख्रा मारेर धेरै क्षति गर्न थालेपछि पछिल्लो समय भेडा व्यवसाय संकटमा परेको छ । बेला बेलाको बाघको आक्रमणले स्थानीयले ठुलो क्षति व्यहोर्नु परिरहेको छ ।  

 



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.