ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



गौमुलमा बाघको आक्रमण, एकै रात १५ बाख्रा मारिए


बाजुरा– गौमुल गाउँपालिका–६ सटेडाका नरि चँदाराको गोठमा हिजो राति बाघ पसेर १५ वटा बाख्रा मारिदिएको छ । स्थानियका अनुसार गोठमा रातिको करिब १२ बजेतिर बाघ प्रवेश गरेको र बिहान गोठ हेर्न जाँदा सबै बाख्रा मृत अवस्थामा भेटिएकाे चदाराले बताए । उनका अनुसार ७ बाख्रा गाेठमा मृत भेटीएका र ८ बाख्रा गाेठमा नरहेकाे बताएका छन ।

पीडित नरि चँदाराले भने, “एकै पटक १५ वटा बाख्रा मरेपछि परिवार दुःखमा परेको छ । केही वर्षदेखि पालेका बाख्रा नै आम्दानीको मुख्य स्रोत थियो,” भन्दै स्थानीय प्रशासन र सम्बन्धित निकायले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन आग्रह गरेक छन ।

बाजुरामा पछिल्लो समय चितुवा तथा बाघ जस्ता वन्यजन्तुको गतिविधि बढ्दै गएको स्थानीयले  बताएका छन् । जनधनको क्षति रोक्न वन कार्यालय, स्थानीय तह र सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको माग छ ।

वन्यजन्तुको आक्रमणपछि स्थानीय क्षेत्रमा त्रासको वातावरण बनेको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.