बाजुरा ,जिल्ला अस्पताल बाजुरामा एक महिनादेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सुचारु भएको छ । जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेसिनमा समस्या आएपछि बन्द भएको सेवा पुनः सुचारु भएको हो ।
जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले केहि दिनदेखि बिग्रिएको अक्सिजन प्लान्ट मेसिन मर्मत र सिलिन्डर भरेपछि सेवा निरन्तर सुचारु भइरहेको छ । उनका अनुसार करिब एक महिनासम्म सेवा बन्द भएपनि मेसिन मर्मत गरेर दशैं अगाडि नै सुचारु भइसकेको छ ।
अस्पतालमा एक महिनासम्म अक्सिजन प्लान्ट बन्द हुँदा अक्सिजन लगाउनुपर्ने बिरामीहरुका लागि अछामको बयालपाटा अस्पतालबाट ल्याउनुपर्ने बाध्यता भएको थियो ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com