ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बुढीनन्दाका उपमेयर बोहरा पुनः काँग्रेस मै फर्किए


२६ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकाका उपमेयर रामबहादुर बोहरा पु:न नेपाली काँग्रेस पार्टीमा फर्किएका छन् ।

२०७९ सालको निर्वाचनमा बुढीनन्दा नगरपालिकामा एमालेको सहयोगमा गुलाफ चुनाव चिन्ह लिएर स्वतन्त्र बाट उपमेयर जितेका बोहरा करिव ३ वर्षपछि पु:न नेपाली काँग्रेसमा फर्किएका हुन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बुढीनन्दा नगरपालिकाको मेयर पदमा टिकट नदिएको भन्दै काँग्रेसबाट असन्तुष्ट बनेर पार्टीबाट निस्कृय रहेका थिए ।

एमालेको सहयोगमा बुढीनन्दामा उपमेयर जितेका बाेहरा करिव ३ वर्षसम्म  एमालेका विभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुने गरेका थिए ।

तत्कालिन नेपाली काँग्रेस बाजुरा प्रदेश (क) का सभापति समेत रहेका बोहरालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुनः पार्टीमा फर्काएर स्वागत गरेका हुन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.