बाजुरा, साउन १४ । बाजुराको बुढीनन्दामा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुढीनन्दा नगरपालिका–१ जमसाल बस्ने अन्दाजी ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर ज्यान गएको हो ।
मंगलवार दिउँसो उनी घाँस काट्न टाले बिस्न लेकमा गएका थिए । साँझ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तले खोजतलास गर्दै जाँदा सोही ठाउँको माङ्लेगौडा भिरबाट अन्दाजी एक सय मिटर तल खसेर घाइते अवस्थामा फेला परेका थिए ।
लडेर गम्भीर घाइते भएका खत्रीलाई उपचारका लागि साँझ कोल्टी अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा राति एक बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा
प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा
सूचना विभाग दर्ता नं.
4672
9848609192,
comsudurkachahari@gmail.com