ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बडीमालिकामा बाल संरक्षण कार्यबिधी कार्यन्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न


बाजुरा / एकीकृत बाल संरक्षण कार्यविधि कार्यान्वयनको अवस्था र अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम बडीमालिका नगरपालिकामा सम्पन्न भएको छ ।

बडीमालिका नगरपालिकाको आयोजनामा तथा सशक्त महिला, समृद्ध नेपाल’को सहयोगमा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिमा बन्न लागेको बाल संरक्षण सम्बन्धी कार्यविधिको ड्राप्ट माथि छलफल गरिएको थियो । बडीमालिका नगरपालिकामा लागु हुने गरि बनेको बाल संरक्षण कार्यविधि सम्बन्धीको ड्राप्ट माथि उपस्थित सरोकारवालाहरले बुद्धागत रुपमा सुझाव समेत दिएका छ ।

सुझावका आधारमा थप कानूनी परार्म गर्दै कार्यबिधिको अन्तिमरुप दिनु पर्ने सहभागीहरुको सुझाव रहेको थियो । एकीकृत बाल संरक्षण कार्यविधिको प्रभावकारी कार्यान्वयन, चुनौती र आगामी रणनीतिका विषयमा समेत छलफल गरिएको थियो । विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता भएको कार्यक्रममा बाल अधिकारको संरक्षण, अभिभावकको जिम्मेवारी, स्थानीय तहको भूमिका तथा समन्वयात्मक प्रयासको आवश्यकता जस्ता विषय माथि छलफल गरिको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा कुमारी थापाले बताईन ।

बडीमालिका नगरपालिकाको सभा हलमा संचालन भएको कार्यक्रममा नगर उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत पदम माझी, वडा नम्वर ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्याय, २ नम्वरका वडा अध्यक्ष डम्मर महत्त, ९नम्वर वडाका अध्यक्ष सुर्यकिरण विक कार्यपालिका सदस्यहरु को उपस्थिति रहेको थियो ।


त्यस्तै कार्यक्रममा शिक्षा शाखाका कर्मचारी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कर्मचारी, अधिबक्ता गगन रावल मालिका माविका प्रधानाध्यापक शुभराज पाध्याया, नेपाल पत्रकार महासघ बाजुरा अध्यक्ष पदमबहादुर सिंह, गैरसरकारी महासघ बाजुराका अध्यक्ष कृष्ण अधिकारी लगाएत अन्य सघ सस्थाका प्रतिनिधी हरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन राम खत्रीले गरेका थिए ।
कार्यक्रमले बाल अधिकार सुरक्षाका लागि सबै पक्ष दिएको सुझावका आधारमा समाबेस गरेर अन्तिम रुप दिएर कार्यपालिकाबाट पास गर्न सुझाव दिएका छन् ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.