ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बडीमालिका मेलामा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


बाजुरा : बडीमालिकामा साउन २३ गते लाग्ने ऐतिहासिक मेलाको अवसरमा नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराद्वारा निशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरिने भएको छ। साउन २१ देखि २४ गतेसम्म त्रिवेणी पाटन र बडीमालिका मन्दिर परिसरमा स्वास्थ्य शिविर सञ्चालन हुने गुल्मपती सेनानी कृष्ण तिमिल्सेनाले जानकारी दिएका छन्।

उहाँले दिएकाे जानकारी अनुसार, शिविरमा विशेषज्ञ चिकित्सकको टोली, अक्सिजन सुविधा, तथा हेलिकप्टर स्ट्यान्डबाइ सहितको व्यवस्था गरिएको छ। उच्च भौगोलिक क्षेत्रका कारण बडीमालिकामा लेक लाग्ने, अक्सिजनको कमी जस्ता समस्या देखिने भएकाले आकस्मिक अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

सेनानी तिमिल्सेनाका अनुसार, नेपाली सेनाले मेला अवधिभर शान्ति सुरक्षाको व्यवस्था, भीड व्यवस्थापन, तथा मेला सम्पन्न भएपछि सफाइ अभियान समेत सञ्चालन गर्नेछ। साथै, पैदल यात्रीका लागि बाटोसम्बन्धी सूचना, खानेपानी व्यवस्था, अस्थायी शौचालय र टेन्टमार्फत अस्थायी बासको व्यवस्था पनि गरिनेछ।

यस बर्षको बडीमालिका मेला साउन शुक्ल चतुर्दशी (साउन २३ गते) का दिन परेकाले श्रद्धालुहरू अहिलेदेखि नै लामो पदयात्रा गरी तीर्थयात्रा सुरु गरिसकेका छन्। नेपाली सेनाको सक्रिय सहयोग र व्यवस्थापनले यसपटकको मेलालाई थप सुरक्षित, व्यवस्थित र जनमैत्री बनाउने अपेक्षा गरिएको छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.