ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाम्काका व्यवसायीले संकलन गरेको ९ लाख बढी रकम अग्नीपीडितलाई हस्तान्तरण


बाजुरा / बाजुराको बाम्का बजारका अग्नीपीडितहरुलाई आर्थिक सहयोग भएको छ । सोमवार बाम्का बजारका व्यवसायीले संकलन गरेको रकम पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।

बाम्का बजारका व्यवसायी टेक बहादुर बुढाको संयोजकत्वमा आर्थिक संकलन गर्न जुटेको टिमले ९ लाख ३ हजार २ सय ८० रुपैयाँ संकलन गरेको जनाएको छ । उक्त रकम घटनास्थलमै स्थानीय जनप्रतिनिधिहरुको रोवहरमा अग्नीपीडितलाई हस्तान्तरण गरिएको छ ।

व्यवसायी पुस्कर शाहका अनुसार डाब बजारदेखि बल्देसम्मका १ सय ६२ सहयोगी व्यवसायीहरुले सहयोग गरेको सो रकम हस्तान्तरण गरिएको बताए । उनले आगलागीबाट पूर्ण रुपमा क्षति भएका १३ जनालाई ६२ हजार ५ सय ६० र आंशिक क्षति भएका ९ जनालाई १० हजारका दरले रकम हस्तान्तरण गरिएको बताए । आगलागीबाट पीडित व्यवसायीहरुलाई तत्काल राहत, पुनःस्थापना गरी पुरानै अवस्थामा ल्याउने प्रयासका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेको समेत बताए ।

व्यवसायीबाट संकलित रकम बुढीगंगाका मेयर राम बहादुर बानियाँ, त्रिवेणीका मेयर कर्ण बहादुर थापा, उपमेयर कमला न्यौपाने, वडा अध्यक्ष लगायतले पीडितलाई हस्तान्तरण गरेका हुन् ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हुँदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै उक्त आगलागीबाट १९ करोड बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.