ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



बाजुरासहित २३ जिल्लामा ईलाका प्रशासन कार्यालय स्थापना गरिने


बाजुरा : सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ ।

सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय तहलाई मध्येनजर गर्दै कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएको हो । यस अघि यहाँका स्थानीयहरु नागरिकता लगायतका सेवा लिन हजारौ‌ रकम खर्चेर सदरमुकाम मार्तडीमा आउने गरेका थिए ।अव कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएस‌गैै पुर्वीउत्तरी क्षेत्रका नागरिकहरुलाई सहज हुने भएको छ ।

गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने विषय गृह मन्त्रालयको वार्षिक बजेटमै समावेश भएको छ । यस सम्बन्धमा बजेट कार्यान्वयन अन्तर्गत भौतिक संरचना र कर्मचारीका लागि दरबन्दी व्यवस्थापनको विषय अगाडि बढ्ने छ ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.