ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



संसद अवरोध हटाउनेबारे छलफल गर्न प्रचण्डलाई धेरैतिरबाट खोज्यौं, उहाँ फेला पर्नुभएन: प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अवरोध हटाउनेबारे प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्न खोजे पनि उनी सम्पर्कमा नआएको बताएका छन्। एमाले संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै उनले प्रचण्ड संवादमै आउन नचाहेको बताएका हुन्।

‘भोलि संसद चल्न दिन्नौं भन्ने होला। भोलि संसद चलाऊँ भनेर मैले प्रचण्डजीसँग पनि छलफल गर्न खोजेँ, हिजोको बीचमा अलिकति छलफल गरौं भनेर। तर उहाँ छलफलमा आउन चाहिरहनुभएको छैन,’ उनले भने, ‘उहाँलाई थाहा नभएको होइन। उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन।’

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दल सत्तापक्षसँग कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको आफूले बुझेको प्रधानमन्त्रीको भनाइ थियो।

‘म भन्न चाहन्छु। संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर देशको विकासको गतिलाई अवरूद्ध गर्ने खालको काम, जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले...’ उनले आरोप लगाउँदै भने, ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा..!’

उनले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा जोडिने गरी कुनै तथ्य प्रमाण फेला नपरेको बताए।

‘केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुप¥यो। केहीले छोएको छैन। केही भएको छैन। एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्यो अरे.. भनेका भरमा..! के सोध्यो पनि थाहा छैन! बयान पनि लिएको छैन। हामीलाई रिस उठ्याछ गृहमन्त्रीदेखि.. यस्ता कुराले संसद अवरोध हुँदन,’ उनले भने।

उनले पार्टीका सांसदहरूलाई मानसिकरूपमा तयार भएर बस्न पनि भने। उनले संसद अवरोध नहुने पनि तर्क गरे।
‘तपाईंहरू मानसिकरूपमा तयार भएर बस्नुस् संसद अवरोध हुँदैन,’ उनले भने।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले उनको राजीनामा माग गर्दै आएका छन्। जेठ १५ गते संवैधानिक बाध्यताका कारण बजेट प्रस्त्त गर्न दिए पनि मंगलबारदेखिको छलफल रोक्ने तयारी गरेका छन्। गृहमन्त्री लेखकको राजीनामा नआएसम्म संसद चल्न नदिने उनीहरूको अडान छ।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.