ताजा अपडेट


ट्रेन्डिङ


होमपेज

कचहरी विशेष

सुदूरपश्चिम

देश

समाचार

मनोरन्जन

अर्थतन्त्र

खेलकुद



निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान हो: राजेन्द्र लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन्।

प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ।

कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई सहमतिले पारित भएको थियो।

सोही विषय प्रतिनिधि सभाबाट पारित भएर आउँदा भने हेरफेर गरेको पाइएपछि सांसदहरूले आपत्ति जनाइरहेका छन् भने यसमा संलग्नमाथि छानबिन र कारबाही माग गरिरहेका छन्।

‘निजामती सेवा विधेयकको सबैभन्दा बेसी छलफल भएको र छलफलपछि सर्वसम्मतिले पारित भएको दफामा हेरफेर गरेर सार्वजनिक हुनु सामान्य विषय होइन। संसद र सांसदको अपमान हो। यो सामसुम पार्ने विषय होइन। गम्भीर छानबिन हुनुपर्छ,’ अध्यक्ष लिङ्देनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।



सम्बन्धित खबर



अध्यक्ष तथा प्रबन्ध निर्देशक:
बल बहादुर चदारा

प्रधान सम्पादकः
बसन्त बिश्वकर्मा

सूचना विभाग दर्ता नं.
4672

9848609192,
comsudurkachahari@gmail.com


© सुदुर कचहरी, All Right Reserved.